Rule 41
हाई भोल्टेज वितरण प्रणाली
(१) हाई भोल्टेज वितरण प्रणालीमा देहाय बमोजिमको भोल्टेज स्तर कायम गर्नु पर्नेछ ः–
(क) ३,३०० भोल्ट,
(ख) ६,६०० भोल्ट,
(ग) ११,००० भोल्ट,
(घ) २२,००० भोल्ट, र
(ङ) ३३,००० भोल्ट ।
(२) उपनियम (१) को खण्ड (क) देखि (ङ) सम्म उल्लेखित भोल्टको स्तरमा ५ प्रतिशत भन्दा घटी वा बढी गर्न पाइने छैन ।